सिरहाको सिरहा नगरपालिका-१२ सारश्वर गाउँकी ९८ वर्षीया अमिना खातुन । तीन महिनाअघि उनको मानसिक सन्तुलन गुम्यो। उनलाई उपचार र स्याहारको खाँचो छ।
तर, परिवारको चरम गरिबी र अशिक्षाका कारण उनले साङ्लोमा बाँधिएर दिन गुजार्नुपरेको छ।
मजदुरी गरेर परिवार पाल्ने छोरा मोहम्मद सोएबले गाउँले सहयोग दिएको ९र१० हजारले आमाको सामान्य उपचार गराए। तर निको भएन । आमाले गाली गर्ने हुनाले उनकी पत्नी रुबी खातुन माइत गएर बसिन्।
मजदुरीमा जाँदा सोएब आमालाई घर छेउको सामुदायिक भवनमा बाँधेर राख्छन्। तस्बिरसतिको यो खबर आजको नयाँ पत्रिकामा मणिलाल विश्वकर्माले लेखेका हुन्।
‘आमाको समस्याले मन पिरोल्छ, उपचार गर्न मन छ तर मजदुरी गरेर छोराछोरीको पेट पालुँ कि आमाको उपचार गरुँ?’ सोएबले पीडा सुनाए ।
3
Shares

प्रतिक्रिया