छापा खबर


अमेरिकासँग ५ हजार थान एम-१६ किन्ने प्रक्रिया किन भयो रद्द?

अमेरिकासँग ५ हजार थान एम-१६ किन्ने प्रक्रिया किन भयो रद्द?

नेपालखबर
भदौ १४, २०७६ शनिबार २:१८,

अमेरिकाबाट ५ हजार थान एम-१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ।

बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको हो।

‘हाम्रो कानुनले पैसा किस्ताबन्दीमा तिर भन्छ, तर अमेरिकी कानुनमा पैसा पहिल्यै र एकैपटक तिर्नुपर्ने छ,’ उनले भने, ‘त्यसैले गर्दा एम–१६ किन्न सकिएन।’ यो खबर आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन्।

उनका अनुसार बदलामा कोरियाली हतियार किन्ने सम्झौता भइसकेको छ । अमेरिकासँग झैं कोरियासँग हतियार किन्ने सम्झौता पनि जीटूजी (सरकारले सिधै अर्को सरकारसँग खरिद गर्ने काम) प्रक्रियाबाट भएको पाण्डेले बताए। दक्षिण कोरियासँग नेपाली सेनाले अन्य युद्ध सामग्री किन्ने गरेको भए पनि राइफल किन्न लागिएको यो पहिलोपटक हो ।

यसअघि अमेरिकासँग एम–१६ किन्दा सार्वजनिक खरिद ऐनको प्रावधान संशोधन गरेर किनेको पृष्ठभूमि भए पनि हाल त्यो सम्भव नभएकाले खरिद सम्झौता रद्द गर्नुपरेको रक्षा मन्त्रालय स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad