स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनादेखि फैलिएको डेंगु नियन्त्रण गर्न असफल भएको औपचारिक घोषणा गरेको छ।
बिहीबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले पछिल्लोपटक ३० वैशाखदेखि फैलिएको डेंगु नियन्त्रण गर्न नसकेको स्वीकार गरेको हो।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
मन्त्रालयले अब सेना परिचालन गरेर डेंगु नियन्त्रणमा लाग्ने जनाएको छ। ‘अब सेना, प्रहरी परिचालन गरेर गरेर डेंगु नियन्त्रणमा लाग्छौँ,’ स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने।

प्रतिक्रिया