ad ad

छापा खबर


१२ महिनामा भित्रियो पौने ९ खर्ब रेमिट्यान्स

१२ महिनामा भित्रियो पौने ९ खर्ब रेमिट्यान्स

नेपालखबर
भदौ ८, २०७६ आइतबार २३:५२,

गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत पौने ९ खर्ब रुपैयाँ मुलुक भित्रिएको छ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल भित्रिएको रेमिट्यान्स करिब १५ प्रतिशतले बढेको हो।

आर्थिक वर्ष ०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स नेपाल आएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष साढे ८ प्रतिशतको वृद्धि भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा यज्ञ बन्जाडेले लेखेका छन्।

गत आर्थिक वर्षका सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर उच्च भए पनि पछिल्ला महिनामा निरन्तर रूपमा घटदै गएको थियो । सोही क्रममा असारसम्म आइपुग्दा रेमिट्यान्स वृद्धिदर १५ प्रतिशतको हाराहारीमा बसेको छ।

यसको अर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष थप १ खर्ब रुपैयाँभन्दा केही बढी रकम रेमिट्यान्समार्फत नेपाल आएको हो।

गत आर्थिक वर्षको अघिल्ला तीन महिना (साउन, भदौ र असोज) मा लगातार बढेको रेमिट्यान्स वृद्धिदर त्यसपछिका महिनामा घटेको हो । खासगरी अमेरिकी डलरको मूल्यमा आएको गिरावटसँगै, बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर घटेकाले गत मंसिरपछि रेमिट्यान्स वृद्धिदर पनि घटेको जानकारहरू बताउँछन्।

गत वर्षको रेमिट्यान्स आप्रवाह सोही अवधिको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को अनुपातमा करिब २५ प्रतिशत मात्र हो । यसअघि यस्तो अनुपात जीडीपीको २९ प्रतिशतसम्म पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .