छापा खबर


प्रेमिका भेट्न छुट्टै कोठा लिएर बसेका पत्रकार पुडासैनीका घरबेटीको यस्तो छ बयान

प्रेमिका भेट्न छुट्टै कोठा लिएर बसेका पत्रकार पुडासैनीका घरबेटीको यस्तो छ बयान

नेपालखबर
भदौ ८, २०७६ आइतबार १:३३,

चितवनको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले प्रेमिका भेट्न काठमाडौंमा छुट्टै कोठा लिएर बसेको नयाँ रहस्य खुलेको छ।

विवाहित पुडासैनीले प्रेमिकासँग भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको पत्ता लागेको हो।

घरबेटी न्यौपानेसँग पुडासैनीका विषयमा दिलीप पाैडेलले गरेकाे कुराकानी  आजको नागरिक दैनिकमा छापिएकाे छ। 

पत्रकार शालिकराम पुडासैनीले यहाँको घरमा कोठा लिनुभएको थियो?

हो, हाम्रो घरमा कोठा भाडामा लिनुभएको थियो। बेलाबेलामा आउनेजाने गर्नुहुन्थ्यो।

कहिलेदेखि भाडामा लिनुभएको हो?
गत फागुनदेखि।

कोठा खोज्न एक्लै आउनुभएको थियो?
कोठा खोज्न आउँदा एकजना केटी साथी थिई। को हो, सोधिएन। कोठा चाहियो भन्नुभयो। कोठा खाली थियो। भाडामा दिनुपर्ने थियो, दियौं। नियमित बस्नुहुन्थेन

पुडासैनी कहिलेकहिले आउनुहुन्थ्यो?
कहिले हप्ता, कहिले दुई हप्तामा देख्थें। प्राय शनिबार दिउँसो आउनुहुन्थ्यो। एकजना केटी लिएर आउनुहुन्थ्यो।

त्यो केटी को हो भन्नुहुन्थ्यो?
कोठा लिएर बसेपछि को हो भनेर सोध्ने कुरा भएन। अरुको व्यक्तिगत कुरामा मैले सोधिनँ।

घटना कसरी थाहा पाउनुभयो?
छोरीले हस्पिटलमा फेसबुक चलाउँदा शालिकरामले आत्महत्या गरेको खबर देखिछन्। फोटो पनि उस्तै छ, हाम्रैमा बस्ने पत्रकार हो क्यारे भनिन्। मोबाइलमा पटकपटक फोन गर्दा स्विच अफ रैछ। त्यसपछि सोधीखोजी गर्दा मृत्यु भएको भन्ने थाहा भयो।

प्रहरीलाई कहिले खबर गर्नुभयो?
मैले खबर गर्छु भनेको छिमेकीले किरिया गरेर सकेपछि खबर गरुँला भन्नुभयो। १३ दिनको किरिया सकिएपछि खबर ग(यौं।

प्रहरी कहिले आयो?
गत बिहीबार प्रहरी आएर कोठा खोल्यो।

कोठामा के भेटियो, प्रहरीले के बरामद ग(यो?
केटी साथी र शालिकरामको एउटा फोटो थियो। एउटा लो बेड। पानीको जार। कागजातहरु पनि थिए। प्रहरीले फोटो र कागजात लग्यो।

त्यसो भए अहिले प्रहरीले कोठा खाली गरिदियो?
फोटो र कागजात लगे पनि लोबेडलगायतका सामान छन्। भाडा दिनुभएको छैन।

कति महिना भयो भाडा नदिएको?
दुई महिनादेखि भाडा तिर्नुभएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad