ad ad

छापा खबर


निषेधाज्ञाको प्रभाव : काठमाडौं उपत्यकामा ओरालो लाग्न थाल्यो संक्रमण

निषेधाज्ञाको प्रभाव : काठमाडौं उपत्यकामा ओरालो लाग्न थाल्यो संक्रमण

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १:२६,

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ।

सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

जनस्वास्थ्य विज्ञहरूले एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना सङ्क्रमण घट्न थालेको सङ्केत मिलेको बताए । तर उनीहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरवाही नगर्न सचेत पनि गराए । उपत्यकामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी वैशाख २६ गते झन्डै चार हजार दुई सय पुगेको थियो । यो सङ्ख्या घटेर जेठ १६ गते करिब एक हजार एक सयमा आइपुगेको छ।

 जेठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । अहिले दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या निषेधाज्ञा लागू हुनुभन्दा एक साता अघिको अवस्थामा आएको छ।

यसैगरी वैशाख अन्तिमतिर काठमाडौँ उपत्यकामा झन्डै साढे ४२ हजार सक्रिय सङ्क्रमित थिए । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या उपत्यकामा २४ हजार ६४६ मा झरेको छ।

सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या घटेको बताए । उनले निषेधाज्ञा जारी भएको एक महिनापछि सङ्क्रमितको सङ्ख्या घट्न थालेको भए पनि कोरोनाको जोखिम कम भयो भन्न नमिल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .