नेपाल आयल निमगले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ।
निगमले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विभिन्न तीन स्थनमा ग्यासको भण्डारगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको हो।
यसका लागि निगमले कार्यक्रमसमेत स्वीकृत गरिसकेको छ। यो खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन्।
चालु आर्थिक वर्षमा प्रदेश १ मा झापाको चालआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा मकवानपुरको हेटौंडामा
भण्डारगृह निर्माण गर्न लागिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।निगमले ‘एनओसी’ ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो।

प्रतिक्रिया