छापा खबर


पूर्व युवराज पारसद्वारा प्रहरीमाथि दुर्व्यवहार

पूर्व युवराज पारसद्वारा प्रहरीमाथि दुर्व्यवहार

नेपालखबर
भदौ २, २०७६ सोमबार ०:५,

पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्।

आमा र छोराछोरी थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन्।

यो खबर आजको नागरिक दैनिकले छापेको छ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरिएको भने पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न थान लागेकी कोमल शाहलाई बिदा गर्न पारस विमानस्थल पुगेका थिए।

आफ्ना छोरा र भान्जालाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए।

ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्दा सार्वजनिक अपराधको मद्दा लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad