छापा खबर


दूधको मूल्य दुईथरी कायम गर्न सिफारिस, कति-कति ?

दूधको मूल्य दुईथरी कायम गर्न सिफारिस, कति-कति ?

नेपालखबर
भदौ २, २०७६ सोमबार ०:२९,

प्रशोधित दूधको मूल्य मौसमका आधारमा दुईथरी कायम गर्न सिफारिस गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले आइतबार दूधको मूल्य सिफारिस गरेको गरेको हो। दूध बढी उत्पादन हुने र कम उत्पादन हुने मौसमका लागि छुट्टाछुट्टै मूल्य सिफारिस गरिएको छ। यो खबर आजको अन्नपूर्ण पाेस्टबाट लिएका हौं।

दूध कम उत्पादन हुने मौसम (लिन सिजन)मा हाल कायम मूल्यमा प्रतिलिटर १० रुपैयाँ थप्ने र अत्यधिक उत्पादन हुने मौसम (फ्स सिजन) मा प्रतिलिटर ६ रुपैयाँ थप्न कार्यदलले मन्त्रालयलाई सिफारिस गरेको छ।

चैतदेखि भदौसम्मको समयलाई लिन समय भनिन्छ। असोजदेखि फागुनसम्मको अवधिलाई फ्लस भनिन्छ।

मन्त्रालयले दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोकजत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदललाई किसानको फाइदा, उपभोक्ताको फाइदा, अत्यधिक उत्पादन हुने समय, कम उत्पादन हुने समय, गुणस्तर, उत्पादन लागत, अन्तर्राष्ट्रिय बजार, मूल्य वृद्धिको प्रभाव, दूध उत्पादनमा मौसमी प्रभावलगायत आधारमा किसान मूल्य सिफारिस गर्न जिम्मेवारी दिइएको थियो।

‘ मौसमअनुसार हुने लागतका आधारमा दुईथरि मूल्य सिफारिस गरिएको छ’, कार्यदलका एक सदस्यले भने,‘ विभागीयमन्त्री चक्रपाणि खनाल अनुपस्थित हुँदा आइतबार टुंगो लागेन। सोमबार टुंगो लाग्छ।’

कार्यदलका ती सदस्यका अनुसार दुई प्रकारको मूल्य प्रणालीका कारण उपभोक्ता र उद्योगलाई पनि बढी आर्थिक भार नपर्ने र किसानले पनि लागत खर्चअनुसार उचित मूल्य पाउने अपेक्षा गरिएको छ। वृद्धि हुने दूधको मूल्यमध्ये ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगलाई उपलब्ध गराउने व्यवस्था छ।

दूध बढी उत्पादन हुने र कम उत्पादन हुने मौसमका लागि छुट्टाछुट्टै मूल्य सिफारिस गरिएको छ।

पशुपालक किसानले दाना, गाईभैंसी, गोठ व्यवस्थापन र कामदारको मासिक पारि श्रमिक वृद्धि भएको भन्दै लागत खर्चअनुसार मूल्य वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन्। किसानको लागत खर्चअनुसार मूल्य वृद्धि नहुँदा घाटा खाएका किसान दूध उत्पादन पेसाबाट पलायन हुँदै गएकाले सरकारले दूधको मूल्य समायोजन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad