छापा खबर


अब एमालेको नेपाल पक्षले पनि मुख्यमन्त्री शाहीलाई समर्थन नगर्ने

अब एमालेको नेपाल पक्षले पनि मुख्यमन्त्री शाहीलाई समर्थन नगर्ने

नेपालखबर
चैत १६, २०७७ सोमबार १:४९,

सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन्।

चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समूहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो ।

‘अब पहिलेको जस्तो अवस्था रहेन,’ नेपाल समूहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौँ।’ यो खबर आजको नागरिक दैनिकले छापेको छ।

नेपाल समूहका सांसदहरुले चैत ४ गते यता कानुनका जानकारहरुसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको वैधानिकता, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो समूहको समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए।

सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए । ‘दलको बैठकले समर्थन फिर्ताको निर्णय गरिसकेकाले यसलाई टुंगोमा पुर्याउँछौँ,’ उनले भने, ‘अब कर्णालीमा एमालेको सरकार बन्छ ।’ उनले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले चाँडै राजीनामा दिने पनि बताए । नेपाल समूहका अर्का सांसद अम्मरबहादुर थापाले आफूहरुले केन्द्रको निर्णय पर्खिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad