ad ad

छापा खबर


धर्म सन्तानका नाममा नेपाली बालबालिका तस्करी, अहिलेसम्म कुन देशमा कति पुर्‍याइए?

धर्म सन्तानका नाममा नेपाली बालबालिका तस्करी, अहिलेसम्म कुन देशमा कति पुर्‍याइए?

नेपालखबर
साउन २८, २०७६ मंगलबार १:२५,

नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ।

ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्।

बढी भएका १ सय ३७ जना कसरी गए रु यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ।

सरकारले १८ मुलुकमा बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाएर पठाउँदै आएको छ। तीमध्ये अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफ्नो देशमा पुर्‍याइएका बालबालिकाको सूची हेग कन्फे्रन्स अन प्राइभेट इन्टरनेसनल ल ९एचसीसीएच० लाई बुझाउने गरेका छन्।

ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपाली बालबालिका पुगेको पाइन्छ। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा आकाश क्षत्रीले लेखेका छन्। 

यही अवधिमा १८ देशमध्ये बाँकी १२ वटामा ८२ बालबालिका पठाएको सरकारी तथ्यांक छ। एचसीसीएचमा तिनले बुझाएको सूची पाउन नसकेकाले बाँकीको फरक भने थाहा हुन सकेन। तर, यसले अझ ठूलो संख्यामा नेपाली बालबालिका तस्करी भएको देखाउँछ।

डेनमार्कले एचसीसीएचलाई बुझाएको सूचीमा नेपालबाट १७ बालबालिका लगिएको छ। तर, २ जना मात्र बालबालिका नेपालबाट डेनमार्क गएको तथ्यांक मन्त्रालयसँग छ। १५ जना तस्करीबाट पुर्‍याइएको यसले देखाउँछ।

फ्रान्सले सन् २०१० यता २१ नेपाली बालबालिका आफूसँग रहेको सूची एचसीसीएचलाई बुझाएको छ। तर, नेपालबाट १ मात्र बालिका त्यहाँ पुगेको तथ्यांक छ।

२० बालबालिका बेचिएको देखिन्छ। अमेरिकाले ९ वर्ष अवधिमा १ सय २ नेपाली बालबालिकालाई आफूले ल्याएको सूची बुझाएको छ। तर, यो अवधिमा नेपालबाट ११ जना मात्र धर्मपुत्र–धर्मपुत्री अमेरिका गएको सूची मन्त्रालयसँग छ। ९१ बालबालिका तस्करी गरेर बेचिएका थिए।

नर्वेले १० बालबालिकालाई नेपालबाट लगेको देखाएको छ। नेपालबाट सरकारी प्रक्रिया पूरा गरी सोही अवधिमा तीन बालबालिका त्यहाँ लगिएका थिए। यसले १० बालबालिकाको तस्करी भएको देखाउँछ।

क्यानडाले नेपालबाट पाँच बालबालिका लगेको सूची बुझाएको छ। तर, मन्त्रालयसँग रहेको तथ्यांकमा दुई जना मात्र लगिएका छन्।

स्विजरल्यान्डले पनि नेपालबाट दुई जना बालबालिका ल्याएको सूची एचसीसीएचलाई बुझाएको छ। तर, यहाँबाट एक मात्र बालिका लगिएको तथ्यांक छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .