चीन रुसले विकास गरेको हाइपरसोनिक विमानको अमेरिकी प्रतिरोधी क्षमता नभएको अमेरिकाका वरिष्ठ परमाणु कमान्डरले यसै साता बताएका छन्।
‘हामीसँग हामीविरुद्ध परिचालन हुन सक्ने यस किसिमका हतियारको कुनै पनि प्रतिरोधी क्षमता छैन,’ वायु सेनाका जोन हाइनेटले सिनेट आर्मड सर्भिस कमिटीलाई बताए।
‘रुस र चीन दुवैले आक्रामक रूपमा हाइपरसोनिक क्षमता विस्तार गरिरहेका छन्,’ हाइटेनले थपे। एजेन्सीलाई उद्धृत गर्दै आजको कारोबार दैनिकले यो खबर छापेको छ।
के हो हाइपरसोनिक ?
हाइपरसोनिक हतियार क्षेप्यास्त्र हो। यो म्याक ५ तथा योभन्दा पनि उच्च गतिमा जान सक्छ। यो आवाजको गतिभन्दा ५ गुणा तीव्र हुन्छ। यसको अर्थ यो प्रतिसकेन्ड १ माइलको गतिमा उडान भर्न सक्छ।
3
Shares
प्रतिक्रिया