ad ad

छापा खबर


अधिकांश म्यानपावर बन्द हुने अबस्थामा

अधिकांश म्यानपावर बन्द हुने अबस्थामा

नेपालखबर
साउन २८, २०७६ मंगलबार ०:१३,

सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अबस्थामा पुगेका छन्।

मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने अबस्थामा देखिएका छन्।

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै सुरु गरेको विभिन्न प्रावधानका कारण वैदेशिक रोजगारीको क्षेत्र सुस्त बन्दै गएको छ।

यसैको प्रभावस्वरुप मुलुकबाट वैदेशिक रोजगारीमा जाने कामदारमात्रै घटेका छैनन्, स्थानीय म्यानपावर एजेन्सीहरु पनि बन्द हुने अबस्थामा पुगेका छन्।

सरकारले पनि म्यानपावर कम्पनीको संख्या बढी भएको भन्दै विभिन्न प्रावधान ल्याएर कडाइ गर्दै गइरहेको छ।

गत आर्थिक वर्षमा मुलुकका १ हजार ८१ म्यानपावर कम्पनीमध्ये आधा जति म्यानपावरले एकसय भन्दा बढी कामदारलाई विदेश पठाउन नसकेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .