छापा खबर


चितुवासँग भिडेर चेपाङ दम्पतीले जोगाए चार वर्षीय छोरा

चितुवासँग भिडेर चेपाङ दम्पतीले जोगाए चार वर्षीय छोरा

नेपालखबर
फागुन २७, २०७७ बिहिबार २:९,

तनहुँका एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाएका छन्।

बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चेपाङलाई चितुवाबाट बचाएका खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो।

साथमै रहेको छोरालाई चितुवाले आक्रमण गरेपछि बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो। चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समातेपछि दुवै जना चितु्वामाथि जाइलागेका थिए।

चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने चितुवासँग भिड्दा बाबा र आमालाई सामान्य चोट लागेको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad