ad ad

छापा खबर


कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँछ र? यस्तो छ विज्ञको जबाफ

कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँछ र? यस्तो छ विज्ञको जबाफ

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १:१८,

कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले औंल्याएका छन्।

परिवार कल्याण महाशाखाका डा. रोशन पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन पाउँदैनन्। कुनै महिलाले पहिलो डोज खोप लिएका दोस्रो डोज लिनु अघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बंचित हुने हुनाले नलागउन सुझाएको हो। ‘ बिकसित देशमा बच्चा जन्माउने योजना हुन्छ, नेपालमा त्यो नहुने हुनाले सन्तान जन्माइहाल्ने दम्पत्तिको हकमा यस्तो सन्देश दिएको हो,’ डा.पोखरेलले भने।

कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार यो खोप गर्भवती, सुत्केरी र १८ वर्ष मुनिकाहरूको लागि कति सुरक्षित छ भन्ने विषयमा अध्ययन नभइसकेकोले गर्भवतीले नलाउनु भनिएको हो। ‘ प्रजनन प्रक्रियासँग यो खोपको कुनै सम्बन्ध छैन, गर्भवतीले नलागाउनु भनेको गर्भवतीमा कति सुरक्षित छ भनेर अध्ययन नभइसकेकोले हो,’ उनले भने।

खोपबारे फैलिएको भ्रम तथा अन्य कारणले दुई चरणमा चलेको खोप अभियानमा लक्षित संख्या भन्दा २० प्रतिशत कमले खोप लिएको महाशाखाको भनाइ छ। सरकारले दुई चरणमा गरी ४ लाख ८५ हजारलाई खोप दिने लक्ष्य लिएको छ। अभियान अन्तर्गत अहिलेसम्म जम्मा २ लाखले मात्र खोप लिएका छन्।

कोभिड १९ विरुद्धको खोप पहिलो डोज लगाएको ८ हप्तापछि १२ हप्तापछि दिएमा खोपको प्रभावकारी देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो खोपको असर पाका उमेरकाहरूको तुलनामा युवाहरूमा बढी देखिएको पाइएको छ। यो खोपमा जीवित भाइरस नभएर मृतक प्रोटिन मात्र राखिएको र त्यसले शरीरमा एन्टिबडी बनाउने काम गर्छ।

नेपालमा कोभिड १९ विरुद्धको खोप अभियान चलिरहेको बेला खोप बारे चलेको हल्लाको पछि नलाग्न सोमबार स्वास्थ्य विज्ञहरूले सचेत हुन आग्रहसमेत गरे। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यो खोप सुरक्षित रहेकोले सबैलाइै लिनको लागि सुझाएका छन्।

नेपालमा कोभिड १९ विरुद्धको खोप कोभिडशिल्ड लगाएका २ लाख जनामै कुनै गम्भीर समस्या नभएको उनीहरूको दाबी छ। ‘नेपालमा कोरोना बिरुद्धको खोप लिएका २ लाख जनामै अहिलेसम्म कुनै गम्भीर समस्या छैन, खोप सुरक्षित छ,’ कोभिड १९ खोप व्यवस्थापन समितिका संयोजक डा.उप्रेतीले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .