छापा खबर


भोली प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ओलीले गर्दैछन् उद्घाटन

भोली प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ओलीले गर्दैछन् उद्घाटन

नेपालखबर
फागुन २, २०७७ आइतबार २:३९,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी रदक्षिणी भाग) को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण गर्न लागिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ। उद्घाटनपछि उहाँले सरकारको तीन वर्षको उपलब्धिबारे सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।’

प्रधानमन्त्रीको सम्बोधनपछि अहिलेको भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको भवनमा स्थानान्तरण हुने उनले स्पष्ट पारे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को प्रबलीकरण सम्पन्न भई प्रधानमन्त्रीबाट फागुन ३ गते उद्घाटन गरिने कार्यक्रम तय भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad