समाज


पहिलो चरणको दोस्रो खोप अभियान आजदेखि, को-को छन् यो प्राथमिकतामा?

पहिलो चरणको दोस्रो खोप अभियान आजदेखि, को-को छन् यो प्राथमिकतामा?

नेपालखबर
फागुन २, २०७७ आइतबार २:०,

आज (आइतबार) देखि कोरोना भाइसरविरुद्ध पहिलो चरणको दोस्रो खोप अभियान सुरु हुँदैछ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अभियान फागुन ८ गतेसम्म देशका ७७ वटै जिल्लामा चल्ने छ।

यो अभियान अन्तर्गत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैकका कर्मचारीलाई खोप लगाइने छ।

त्यसैगरी काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, प्रहरी अस्पताल लाजिम्पाट, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप सेवा लिन सकिने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

सरकारले गएको १४ माघदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरेको हो। पहिलो चरणको अभियानमा सरकारले डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो। अहिलेसम्म करिब १ लाख ९० हजारले कोरोना भारसविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलका अनुसार खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या देखिएको छैन। तर, टाउको दुख्ने, ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad