छापा खबर


अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप लगाइने

अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप लगाइने

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १:१५,

कोरोना भाइरसविरुद्ध सरकारले सञ्चालन गरेको खोप अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ। यसअघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप लगाइसकिएको छ।

अब भने कर्मचारी, जनप्रतिनिधि, एम्बुलेन्स, र शववाहक चालकलगायतलाई खोप लगाउन लागिएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

हालसम्म १ लाख ८४ हजार फ्रन्टलाइनरले खोप लगाइसकेका छन्। पहिलो मात्रास्वरूप ४ लाख ३० हजार जनालाई लगाउने लक्ष्य तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, दुई फागुनदेखि आठ फागुनसम्म कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइने भएको छ । जसमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइने बताए । यस्तै, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइनेछ।

खोप लगाउन जाँदा सबैले आआफ्नो कार्यालयको परिचयपत्र साथमा लिएर जानसमेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोभिड १९ विरुद्धको खोप दिने योजना अघि सारेको सरकारले केही दिनमै भारतबाट अनुमानित २० लाख डोज ल्याउने तयारी थालेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad