ad ad

छापा खबर


प्रहरीको सुडान मिसन बन्द, एक वर्षका लागि गएका सुरक्षाकर्मी पनि बीचमै फर्किए

प्रहरीको सुडान मिसन बन्द, एक वर्षका लागि गएका सुरक्षाकर्मी पनि बीचमै फर्किए

नेपालखबर
माघ १८, २०७७ आइतबार २३:४५,

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जाँदै आएको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन (युनामिड) बन्द भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले ३१ डिसेम्बर २०२० बाट मिसन बन्द गर्ने निर्णय गरेको हो।

मिसन बन्द भएपछि त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी धमाधम फर्कन थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सुडानको डार्फरमा नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसनसमेत छ । जुन आगामी मे महिनाको अन्तिममा फर्कँदै छ । एसएसपीको कमान्डमा करिब एक महिनाअघि एक वर्षका लागि गएका एक सय ४० प्रहरी मिसन बन्द भएपछि ६ महिनामै फर्कने भएका छन्।

इन्डिभिजुअल पुलिस अफिसर (आइपिओ)का रूपमा सुडान गएका १५ जना प्रहरी अधिकृत पनि पाँच महिनामै फर्किने भएका छन् । उनीहरू एक महिनापछि फर्किदै छन् । मिसन बन्द गर्ने राष्ट्र संघको निर्णयपछि त्यहाँ कार्यरत प्रहरीहरू फर्कन थालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए।

सुडानमा नेपालसहित विभिन्न देशबाट १३ वटा एफपियू मिसन कार्यरत थिए । सुडानमा शान्ति स्थापना भएसँगै त्यहाँको सरकारले शान्ति सैनिक हटाउन दबाब दिँदै आएको थियो । सोहीअनुसार मिसन बन्द गरिएको हो । २४ मार्च २००७ मा सुडानमा राष्ट्रसंघीय मिसन स्थापना भएको थियो।

सुडानमा नेपाल प्रहरीको एक मात्र एफपियू मिसन हो । त्यो पनि बन्द भएपछि शान्ति मिसन जाने प्रहरीको सपना लगभग तत्कालका लागि टुंगिएको छ । यसअघि हाइटी मिसन पनि दुई वर्षअघि बन्द भइसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .