ad ad

छापा खबर


शुरू भयो किसान क्रेडिट कार्ड, यस्ता छन् फाइदा

शुरू भयो किसान क्रेडिट कार्ड, यस्ता छन् फाइदा

नेपालखबर
माघ ८, २०७७ बिहिबार १:५६,

कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ।

कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको खबर आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन्।

कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे। उद्घाटनको क्रममा उनले यो प्रविधिले किसानलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए।

राजधानीमा कृषि फर्म सञ्चालन गरिरहेका १५ जना ग्राहकबाट किसान क्रेडिट कार्ड वितरण गरेको कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलले बताए । उनका अनुसार बैंकले पाइलट फेजको रूपमा काठमाडौंबाट शुरुआत गरेको र यसको प्रभावकारिता हेरेर पोखरा, विराटनगरलगायत क्षेत्रमा क्रमशः विस्तार गर्दै लगिनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप जारी गरेको बताए।

यस्तो कार्ड उपयोग गर्न चाहने सबै किसानले यो सुविधा लिन पाउँछन् । तर, बैंकबाट कर्जा लिएका ऋणी किसानका लागि भने बढी सहज देखिन्छ । बैंकले सबै किसानलाई कार्ड जारी गर्ने भए तापनि धितो वा विनाधितोमा कृषि कर्जा स्वीकृत भएका ऋणीलाई यो कार्ड सजिलो पर्न जाने देखिन्छ।

बैंकले ब्याज अनुदानमा कृषि तथा पशुपक्षी व्यवसायका लागि जारी गरिएको सहुलियतपूर्ण कर्जामा मात्र विनाधितो कर्जा प्रवाह गरेको छ । बैंकबाट कर्जा लिएका ऋणीले स्वीकृत भएको कर्जाबाट रू.१ लाख रकमसम्म कार्डका लागि छुट्ट्याएर प्रयोग गर्न सकिने प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .