छापा खबर


कोरोनाको उपचारमा अचुक बन्दै आयुर्वेदिक औषधि, यसो भन्छन् बिरामी

कोरोनाको उपचारमा अचुक बन्दै आयुर्वेदिक औषधि, यसो भन्छन् बिरामी

नेपालखबर
माघ ४, २०७७ आइतबार १:१६,

डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन्। सोही अस्पतालमा कार्यरत डा.श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए।

‘मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,’ उनले भने। श्रेष्ठकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हुँदा पनि आयुर्वेदिक औषधिले निको भयो।

यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

‘म एलोपेथिक चिकित्सक हुँ, तर कोरोनाकालमा आयुर्वेदिक औषधि धेरै सङ्क्रमितलाई वरदान हुन पुगेको छ । कतिले विश्वास गर्छन्, कतिले गर्दैनन् । मेरो लागि आयुर्वेदिक औषधिले धेरै सुधार ग¥यो । म अरूलाई पनि आयुर्वेदिक औषधि प्रयोगका लागि भन्ने गर्छु,’ श्रेष्ठले भने।

श्रेष्ठजस्ता धेरै एलोपेथिक चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत कोरोनाको औषधिका रूपमा आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले आफूले पनि आयुर्वेदिक औषधि प्रयोग गरिरहेको भन्दै अरूलाई प्रयोग गर्न सुझाव दिए।

आयुर्वेदिक औषधिले आफूलाई धेरै राम्रो गरेको जानकारी दिँदै उनले उक्त औषधि प्रयोग गर्न अरू सङ्क्रमितलाई पनि सुझाव दिए।

त्यसो त नरदेवी आयुर्वेदिक चिकित्सालयबाट हालसम्म ७० हजार व्यक्तिले कोरोना उपचारका लागि औषधि लगिसकेका छन्। ‘हाम्रो तथ्याङ्कमा ६० हजार जनाले औषधि लगेका छन्, यो तथ्याङ्कबाहेक २० हजार जनाले आयुर्वेदिक औषधि प्रयोग गरेका छन्,’ नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा.प्रदीप केसीले भने।

चिकित्सक, नर्स, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी, नेता सबैले कोरोना उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गरेको केसीको भनाई छ। नरदेवीमा नै उत्पादन गरेको ज्येष्ठवासादी मिश्रण औषधि कोरोना निको बनाउन सहयोगी भएको उनको दाबी छ।

कोरोना कोषबाट अस्पताललाई प्राप्त एक करोड रुपियाँबाट उक्त औषधि निःशुल्क वितरण गरिएको थियो । डा.केसीका अनुसार एक केजी आयुर्वेदिक औषधि बनाउन अस्पतालले एक हजार तीन सय रुपियाँ खर्च गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad