ad ad

छापा खबर


प्रधानमन्त्री ओलीको दाबी र तथ्यमा आकाश जमिनको फरक, हेर्नुस् वास्तविकता

प्रधानमन्त्री ओलीको दाबी र तथ्यमा आकाश जमिनको फरक, हेर्नुस् वास्तविकता

नेपालखबर
पुस १९, २०७७ आइतबार १:२५,

प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् ।

शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर, उनको भाषणलाई भने तथ्यले सहयोग गरेका छैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

प्रधानमन्त्रीको दाबी– वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) चलाएका छौं । चाँदनी दोधारामा पनि चलाउँदै छौँ ।

वास्तविकता : भारतको लगानीमा १० वर्षअघि तत्कालीन प्रधानमन्त्री माधव नेपालका पाला सुरु भएको हो यो आयोजना, तर चाँदनी दोधारामा आइसिपी निर्माणको योजनासमेत छैन

प्रधानमन्त्रीको दाबी– बुटवल–नारायणगढ खण्ड ६ लेनको बन्दै छ ।

वास्तविकता : अहिले दुई लेनको सडक चार लेनमा विस्तार गर्ने योजना, दुई वर्षमा दुई प्रतिशत मात्रै प्रगति

प्रधानमन्त्रीको दाबी– भुइँचालोले भत्काएका सात लाख घर बनाएर जनतालाई हस्तान्तरण गरिएको छ ।

वास्तविकता : हालसम्म ५ लाख ५९ हजार घर निर्माण, सरकारले दिएको जम्मा तीन लाखले घरका जग मात्रै बन्छन् । पूर्ण घर सरकारले बनाइदिएको होइन, त्यसैले घर हस्तान्तरणसम्बन्धी कुनै कार्यक्रम भएनन् । यो आयोजना पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पाला सुरु भएको हो ।

प्रधानमन्त्रीको दाबी– हाइवेबाट तराईका जिल्ला सदरमुकाम जाने २०–२५ किलोमिटर बाटो कस्तो थियो रु हामीले ६ लेनको बनायौँ ।

वास्तविकता : तराईका जिल्ला सदरमुकाम होइन, भारतीय नाका जोड्न आठ वर्षअघि यो आयोजना सुरु भएको हो । अहिलेसम्म जम्मा दुई सडक मात्र निर्माण सम्पन्न भएका छन्, तीन सडक अझै निर्माणाधीन ।

प्रधानमन्त्रीको दाबी– रक्सौल र केरुङका रेल आउँदै छन् ।

वास्तविकता : केरुङतर्फको रेलको प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत भएको छैन । अध्ययन गर्न आउने भनिएको चिनियाँ टोली नै आएको छैन । यता मात्र होइन, उता केरुङसम्मै रेल आउनेसमेत अहिलेसम्म निश्चित छैन । रक्सौलको रेलबारे डिपिआर अध्ययन अझै सुरु भएको छैन ।

प्रधानमन्त्रीको दाबी– हुलाकी राजमार्गको चर्चा धेरैले गरे, हामीले राजमार्ग बनायौँ।

वास्तविकता : प्रधानमन्त्रीले भनेजस्तै यो राजमार्ग बनेको छैन, खासमा आधा काम पनि भएको छैन । निर्माण सुरुवात पनि अहिले होइन, १२ वर्षअघि भएको हो, काम अहिले पनि सुस्त छ । कतिपय ठाउँका कच्ची बाटोमा धुलो उडाउँदै बस गुड्छन् । प्रधानमन्त्रीकै गृहजिल्ला झापामा पनि हुलाकी राजमार्गका एक दर्जन पुल अलपत्र छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .