छापा खबर


चिनियाँ आए लगत्तै दक्षिणको टोली पनि दौडँदै आयो काठमाडौं

चिनियाँ आए लगत्तै दक्षिणको टोली पनि दौडँदै आयो काठमाडौं

नेपालखबर
पुस १५, २०७७ बुधबार २:३१,

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ। र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ।

चिनियाँ टोलीका नेता गुओले सबैसँग एउटा समान जिज्ञाशा राखेका थिए, ‘कसरी यो समस्या आयो?’ शीतल निवास र बालुवाटारले खुमलटार र कोटेश्वरतिर तेस्र्याए पनि उताको भेटमा भने समस्याको उत्पत्तिका बेलिबिस्तार सबै दस्तावेज पल्टाएरै गराइएको स्रोतले बताएको छ। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

नेकपा अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्रीको आनिबानी र कम्युनिष्ट पार्टीलाई मूलभूत रूपमा कस्तो बनाउने भन्नेमा रहेको उहाँसँगको अन्तर्विरोधलाई सचित्र केलाइएको थियो।

एभरेष्ट होटल बानेश्वरको सातौं तल्लामा घाम ताप्दै नेपालसँगको कुराकानीमा चिनियाँहरूले नेकपाको आन्तरिक समस्यामा आफूहरूले हस्तक्षेप गर्न नचाहेको पटकपटक उच्चारण गरेका थिए । उनीहरूको भनाइ थियो, ‘मिलेर जानुस् भन्नेमात्र हाम्रो चाहना हो।’

त्यहीबीचमा टोलीका एकजनाले सोधे, ‘मिल्ने सम्भावना कत्तिको छ होला?’ नेपालको जवाफ थियो, ‘हाम्रा उपाध्यक्ष वामदेव गौतमले कोसिस गर्दै हुनुहुन्छ।’ फेरि चिनियाँले सोधे, ‘उहाँसँग त्यस्तो के सूत्र छ होला मिलाउनको लागि?’ नेपालले फ्याट्ट भन्नुभयो, ‘प्रधानमन्त्रीको दिमाग परिवर्तन गर्न कस्सिएको छु भन्नुभएको छ । हेरौं, उहाँले कति सक्नुहुन्छ।’

यसो भनि नसक्दै माधवले थप्नुभयो, ‘उहाँले जे भनेपनि मचाँहि त्यति धेरै आशावादी छैन । वामदेवले म जोडतोडका साथ लाग्छु भन्नुभएको छ । हेरौं, कति पार लाग्छ। उहाँ धेरै आशावादी हुनुहुन्छ।’

यसअघि मंसिरको ३० र पुस १ का निम्ति नेपालबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने टुंगो लागेको थियो । तर, विकसित घटनाक्रमले त्यो रोकिएर उत्तरको टोली आएजस्तै दक्षिणको पनि ताँती लाग्न थालेको छ।

अस्ति सोमबार एअर इण्डियाको उडानबाट आलोक रञ्जन झासहित तीन जना भारतीय अधिकारी (निधि आनन्द र विनय बहल) आएलगत्तै भेटघाट शुरु भएको छ।

त्यहाँको बिदेश मन्त्रालयमा ‘रअ’ ले आफ्नो सम्पर्क अधिकारी खटाउने प्रचलन छ । उनी पनि त्यस्तै भूमिकाका मानिन्छन्।

०५४ को एमाले विभाजनताका काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत मनोज भारती (विशेष अतिरिक्त सचिव मातहत इस्ट्याब्लिस्मेन्ट र गेम डिभिजन प्रमुख) अर्कातिर नेकपा नेता वामदेव गौतमले पार्टी एकता जोगाउने पहलअन्तर्गत अस्ति बहान र दिउँसो गरी दुईपटक बिष्णु पौडेल र एकचोटि हरि पराजुली अनि भाष्कर काफ्लेलाई घरमै भेट्नुभएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad