ad ad

छापा खबर


‘सिद्धबाबा’को मुद्दामा पुनरावेदनको तयारी

‘सिद्धबाबा’को मुद्दामा पुनरावेदनको तयारी

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार २:६,

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने भएको छ।

सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै निवेदन दिए पनि आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेपछि पुनरावेदन गर्ने तयारी गरेको खबर आजको नागरिक दैनिकमा भाषा शर्मा र अमर खड्काले लेखेका छन्।

जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको इजलासले बलात्कारजस्तो जघन्य अपराधका आरोपित, त्यसमाथि सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको १० दिनमै सफाइ दिएको थियो। जिल्ला अदालतले अभियोग दाबी पुष्टि हुने प्रमाण नपुगेकाले गर्दा सफाइ दिएको ठहर गरेको छ।

अदालतको तल्लो निकायबाट भएको फैसला चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार हुन्छ। फैसलाको पूर्ण पाठ बढीमा १५ दिनभित्र आइसक्ने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुल निरौलाले फैसलाको पूर्ण पाठ आएपछि अध्ययन गरेर पुनरावेदन गर्ने बताए। ‘फैसलाको पूर्ण पाठ आउन अब केही दिन लाग्ला,’ उनले भने, ‘त्यसपछि पुनरावेदन गरिनेछ।’

अदालतको तल्लो निकायबाट भएको फैसला चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार हुन्छ। फैसलाको पूर्ण पाठ बढीमा १५ दिनभित्र आइसक्ने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। उनले सरकारी वकिल कार्यालयबाट पेसी सार्न निवेदन आए पनि बेन्चले नमानेपछि सार्न नसकिएको बताए।

‘निवेदन आएको कुरा श्रीमान्लाई देखाइदिएकै हौं,’ उनले भने, ‘श्रीमान्ले मुद्दा टुंग्याउनुपर्छ, हामीले भन्ने कुरा केही रहेन।’ सिद्धबाबाले आफूलाई छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि महान्यायाधिवक्ता कार्यालयमा पठाएको मुद्दाको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा फिर्ता नभएपछि पेसी सार्न माग गरिएको थियो।

जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको छ। महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेर आपत्ति जनाएका हुन्। पीडित महिलाले पनि प्रधानन्यायाधीशको सचिवालयमा पुगेर न्यायका लागि याचना गरेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .