नेपाली औषधि बजारमा गुणस्तरहीन औषधि ‘ग्लाइकोमेट’ धमाधम बिक्री भइरहेको छ।
यूएसभी लिमिटेड इन्डियाले उत्पादन गरेको सो औषधि प्याकेटमै फुट्ने समस्यासमेत देखिएको छ।
यो औषधिको जेनेरिक नाम मेटफरमिन हाइड्रोक्लोराइड हो। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
यो औषधि मधुमेहका लागि प्रयोग हुने गर्छ। औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षत्रीले आफूहरूले यो औषधिबारे अध्ययन गरिरहेको बताए।

प्रतिक्रिया