सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीको सामुहिक बलात्कार घटना डेढ लाख रुपैयाँमा लुकाउन खोजेको पाइएको छ।
यो खटना असार २० गते मोरङको रंगेलीमा भएको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।
घटनालाई गाउँम सामसुम पार्न पीडक पक्षले पीडित किशोरीलाई एक लाख ५० हजार दिने कागज गरेको खुलेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले स्थानीय अगुवा र भद्रभलाद्मी नै घटना लुकाउन लागि परेका बताए।
घटना सार्वजनिक भएपछि प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ।
रंगेली–९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीले गाउँकी किशोरीलाई सामुहिक बलात्कार गरेको खुलेको छ।
मगर र अधिकारी पक्राउ परे पनि चौधरी फरार छन्।
पीडित किशोरीका अभिभावक कमजोर आर्थिक अबस्थाका भएकाले सामाजिक रुपमा दबाब दिँदै पैसा लिएर मिल्न बाध्य पारिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया