ad ad

छापा खबर


एन्फाको ३ करोड बैंकमा : ६ महिनाको साढे १८ लाख ब्याज हरायो

एन्फाको ३ करोड बैंकमा : ६ महिनाको साढे १८ लाख ब्याज हरायो

नेपालखबर
साउन १२, २०७६ आइतबार १:४५,

पदाधिकारीहरूको लापरबाहीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ६ महिनामा साढे १८ लाख नोक्सान भएको छ।

सिभिल बैंकमा राखेको तीन करोड १० लाख ५९ हजार पाँच सय रुपैयाँको मुद्दती खाता व्यवस्थित नगर्दा ब्याजबाट आम्दानी हुने १८ लाख ६३ हजार ५ सय ७१ रुपैयाँ गुमेको हो।

एन्फाले १२ प्रतिशत ब्याजदरमा सिभिल बैंकमा राखेको रकम १० वैशाख ०७५ मा परिपक्व (मेच्योर्ड) भएको थियो। एन्फा पदाधिकारीहरूले ६ महिनासम्म त्यसमा चासो नै दिएनन्।

जसले गर्दा मुद्दती खाता साधारण बचत खातामा रूपान्तरण भयो र १२ प्रतिशतका दरले आउनुपर्ने ब्याज दुई प्रतिशतका दरले मात्रै प्राप्त भयो। यो खबर आजको नयाँ पत्रिकामा दीपेन्द्र गुरुङले लेखेका हुन्। काठमाडौंएन्फाको खाता अध्यक्ष, महासचिव र कोषाध्यक्षको नाममा हुन्छ।

एन्फाको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा पदाधिकारीको लापरबाहीका कारण संस्थालाई छोटो समयमा ठूलोे नोक्सान भएको उल्लेख छ।

‘सिभिल बैंकमा १२ प्रतिशत ब्याज रहेको मुद्दती रकम तीन करोड १० लाख ५९ हजार ५ सय ३० रुपैयाँको ०७५ वैशाखदेखि असोजसम्म ब्याज आम्दानी भएको छैन।

एन्फाले नगद व्यवस्थापन उचित रूपमा र समयमा नगर्दा यो एउटा व्यवस्थापनमा मात्र दश प्रतिशत ब्याजको मात्रै हिसाब गर्दा पनि मासिक दुई लाख ५८ हजार आठ सय ३० रुपैयाँ नोक्सान हुन गएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .