ad ad

छापा खबर


के कारण हुन्छ फोक्सोमा क्यान्सर? यसबाट बच्न के गर्ने ?

के कारण हुन्छ फोक्सोमा क्यान्सर? यसबाट बच्न के गर्ने ?

नेपालखबर
साउन १२, २०७६ आइतबार ०:५५,

अव्यवस्थित जीवनशैली र गलत खानपानका कारण नेपालमा क्यान्सरका रोगी दिन प्रतिदिन बढ्दै गइरहेका छन्।

विश्वमा बर्सेनी लाखौँ मानिसको मृत्यु फोक्सोको क्यान्सरले हुने गरेको छ।

नेपालमा क्यान्सरका कारण हुने मृत्युमध्ये फोक्सोको क्यान्सर अग्रणी स्थानमा छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा क्यान्सर रोग विशेषज्ञ डा.रश्मि पुन गरुङले लेखेकी छन्।

हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन्, जसले अक्सिनज लिने र अन्य हावा बाहिर फाल्ने गर्छन्।

कतिपय समयमा फोक्सोमा अप्राकृतिक रुपमा कोष (गिर्खा) बढ्न थाल्छन्। यसले गर्दा फोक्सोले काम गर्न सक्दैन।

ती गिर्खा विस्तारै अन्य अंगमा पनि फेलिन थाल्छ, जसलाई क्यान्सर भनिन्छ।

फोक्सो क्यान्सरका कारण
फोक्सो क्यान्सरको प्रमुख कारण धूम्रपान हो।

धूम्रपान गर्ने र त्यसको नजिक बस्ने मानिसमा पनि फोक्सो क्यान्सर हुने सम्भावना उच्च हुन्छ।

करिब १० प्रतिशत वातावरणीय प्रदूषणका कारण पनि क्यान्सर हुन्छ।

ज्यादै जोरै प्रतिशतमा वंशाणुगत गुणका कारणले पनि फोक्सोको क्यान्सर हुन्छ।

रोकथाम र उपचार
धूम्रपान नगर्नु फोक्सोको क्यान्सरबाट जोगिने सबैभन्दा राम्रो उपाय हो।

धूम्रपान गर्ने मानिसले कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउनु पर्छ।

धुलो धुँवा भएको स्थानमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ।

क्यान्सरका चार स्टेज हुन्छन्।

सुरुवाती चरणमा उपचार गरेमा क्यान्सर पूर्ण रुपमा निको हुन्छ।

फोक्सोभन्दा बाहिरसम्म फैलिएको क्यान्सर चौथो चरणको क्यान्सर हो। जुन पूर्ण रुपमा निको हुने सम्भावना एकदमै न्यून हुन्छ।

यसका लागि पनि आवश्यकताअनुसार किमोथेरापी र रेडियोथेरामी गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .