ad ad

छापा खबर


लागूऔषधबाट एक दम्पतीले करोडौं आर्जन गरेको खुलासा

लागूऔषधबाट एक दम्पतीले करोडौं आर्जन गरेको खुलासा

नेपालखबर
असोज १०, २०७७ शनिबार ३:५५,

लागूऔषधको कारोबारबाट काठमाडौंमा करोडौं सम्पत्ति आर्जन गरेको रहस्य खुलेको छ।

लागूऔषध कारोबारी देवेन्द्रविक्रम रोका छपाली दम्पतीले संघीय  राजधानीसहित विभिन्न स्थानमा मूल्यवान् जग्गा खरिद गरेको, भव्य घर निर्माण गरेको, महँगा गाडी खरिद गरेको पाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका  क्रममा उनीहरूलागूऔषधकै कारोबारबाट कृषि विकास बैंकसहित १३ वटै बैंकमा खाता खोलेर पैसा राखेको भेटिएको छ।

जापान तथा हङकङलगायतका विदेशी बैंकमा खाता खोली रकम जग्मा गरेको पाइएको छ। बागलुङ, म्याग्दीको विकट गाउँमा जन्मिएका र सामान्य आर्थिक हैसियत भएका परिवार उनीहरूले काठमाडौंमा आएर लागूऔषधको कारोबारलाई मुख्य पेसा बनाएको देखिएको छ।

सम्पत्ति  शुद्धीकरण विभागले शंकास्पद कारोबार(लागूऔषध चरेस)बाट गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा छपाली र उनकी पत्नी चन्द्रा रोकासहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन।

आपराधिक कार्यबाट छपालीसहित नागेन्द्र थापामगर, गोविन्दकुमार रोका छन्त्याल, मनजित घर्तीमगर, जबम भोट, माइला असेङ भन्ने इन्द्रबहादुर थिङसमेतको सहयोगमा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण कसुर अपराधमा अभियुक्त छपाली र उनकी पत्नी चन्द्रा रोकाविरुद्ध १ करोड ५ लाख ७२ बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

उनीहरूले खरिद गरेको घरजग्गा, टाटा मोबाइल गाडी, बैंकमा मौज्दात रकम रोक्काको माग गरिएको छ। अन्य पाँच अभियुक्तलाई मतियारको सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ। छपालीको नेतृत्वमा करिब चार दशकदेखि उनीहरूले लागूऔषधको गिरोह नेपालमासञ्चालन गरेकोदेखिएको छ।

अभियुक्त छपालीको कतिपय बैंकमा तीन वटासम्म खाता खोलेर कारोबार गरेको पनि पाइएको छ। २०६४ साल पछिको काराबोरमा ५ करोड ५२ लाख ३५ हजार रहेको भेटिएको छ।

ती बैंकमा ब्याजसमेत गरी ६४ लाख ६६ हजार त  मौज्दात रहेको देखिएको छ। वैधानिक स्रोतबाट प्राप्त गरेका भन्ने कहीँ कतैबाट नखुली लागूऔषधको अवैध कारोबारबाट आर्जन  गरेको देखिन आएको विभागले दायर गरेको आरोप पत्रमा उल्लेख छ। 

२०४८ साल असोज १६ मा सीतापाइलामा ७ रोपनी ५ आना २ पैसा जग्गा इन्द्रबहादुर तामाङबाट छपालीको नाउँमा दर्ता कायम रहेको पाइएको छ।

२०३८ साल चैत्र १५ मा प्रतिवादी चन्द्रा रोकाको नाम दर्ताको सीतापाइलाको कित्ता नम्बर ४०४ को  ४ रोपनी र  कित्ता नम्बर ३८१ को २ रोपनी १४ आना जग्गा प्रमोदप्रसाद प्रधानबाट चन्द्रा रोकाको नाउँमा दर्ता कायम  भएको देखिएको छ। त्यो जग्गा तत्कालीन मूल्य २९ हजार ५ सय  र १५ हजार लिखतमा  उल्लेख गरिएको  छ।  

धादिङको नौबिसे— ३ मा २८ रोपनी ५ आना २ पैसा जग्गा छपाली र चन्द्रा रोकाको संयुक्त नाममा दर्ता गरेको देखिएको छ। त्यस्तै २०५१ साल माघ १० को राजीनामा लिखतमा उल्लेख भएको ४ लाख २७ हजार ८ बिगो कायम गरिएको छ।  

दाङ घोराही ३ को कित्ता नम्बर ९५ को ३ कठ्ठा साढे ८ धुर जग्गा पनि छपाली र चन्द्राको नाममा २०५१साल फागुन ३० मा राजीनामा पारित भएको देखिएको छ। 

काठमाडौं भीमढुंगाको एक रोपनी जग्गा २०६८ साउन १७ मा छपालीको नाममा दर्ता गरेको पाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .