ad ad

छापा खबर


बाढीले बगाएको गाडीबाट निस्कन सफल कोपिला: बच्चा र श्रीमानको मुख हेर्न पाउँछु भन्‍ने लागेको थिएन

बाढीले बगाएको गाडीबाट निस्कन सफल कोपिला: बच्चा र श्रीमानको मुख हेर्न पाउँछु भन्‍ने लागेको थिएन

नेपालखबर
असोज ८, २०७७ बिहिबार १:२२,

वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाए। 

‘गाडीलाई कति बेला बाढीले बगायो। सम्झना पनि झसङ्ग हुन्छु’, कजवेमा आएको गाडीलाई बाढीले बगाउँदा गाडीसँगै बाढीमा बगेकी स्थानीय शिक्षिका कोपिला अधिकारी भन्छिन्, ‘भाग्यले बाँचियो। बच्चा बच्ची र श्रीमानको मुख हेर्न पाउँछु जस्तो लागेको थिएन।’

गाडीबाट हाम फालेर बच्न सफल तिनै ३ जना मध्यकी वाणगंगा नगरपालिका–८ की २५ वर्षीय शिक्षिका कोपिला अधिकारी हुन्। ‘भर्तापुर आधारभूत विद्यालयमा ड्युटी सकेर फर्किदै गर्दा बाटोमा पर्ने कजवेमा ठूलो बाढी भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।

कजवेमा आएको बाढीका कारण मलाई लिन आउनु भएका श्रीमान् विद्यालयसम्म आउन सक्नु भएन’, शिक्षिका अधिकारी भन्छिन्, ‘विद्यालयकै एकजना सरसँग मोटरसाइकलमा लिफ्ट लिएर कजवेसम्म आइपुगेँ। बाढी ठूलो भएका कारण करिब दुई घण्टामा बाढी घट्छ अनि श्रीमान् लिन आउनु हुन्छ भनेर बाढीको सतह हेर्दै बसेँ। समय बित्दै गयो तर पानीको सतह घटेन।’

भलवाड तिरबाट फर्कदै गरेको विद्युत प्राधिकरणको गाडी पनि खोला वारी रोकियो। गाडीमा प्राधिकरणका जीतपुर फ्युज शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेल नेतृत्वमा चारजना विद्युत कर्मचारी र एकजना लिफ्ट लिएर आएका सर्वसाधारण थिए। केपिलासमेत सोही गाडीमा चढिन। गाडी खोलमा पसे लगत्तै पल्टियो। तर, कोपिलासहित तीनजना बाढीले बगाएको गाडीबाट निस्किएर बाँच्न सफल भए। 

‘यति ठूलो दुर्घटनाबाट श्रीमतीको ज्यान जोगिएको छ। म यो उनको दोस्रो जन्म नै हो भन्छु,’ उनका पति राजु अधिकारी भन्छन्। घटनाले  वाणगंगा नगरपालिका क्षेत्रका सबै दुखी छन्। तर, कोपिलासहित तीनजना  ठूलो दुर्घटनाबाट बाच्न सफल भएकोमा स्थानीय खुशी  छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .