छापा खबर


अब यी १५ अस्पतालले दिनेछन विपन्नलाई नि:शुल्क आकस्मिक सेवा

अब यी १५ अस्पतालले दिनेछन विपन्नलाई नि:शुल्क आकस्मिक सेवा

नेपालखबर
असोज ७, २०७७ बुधबार १:२१,

सरकारले देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएर निःशुल्क सेवा प्रारम्भ गरेको हो। 

पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सुरु गरेको छ । सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यस खालको सेवालाई समेटेको थियो।

गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन थालिएको हो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका प्रेस संयोजक माधव तिवारीले बताए।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा गरिब तथा विपन्न वर्गलाई निःशुल्क आकस्मिक सेवा प्रदान गरिने खबर आजको गोरखापत्रमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad