छापा खबर


नेकपा सचिवालय बैठकमा मन्त्री बनाउनेबारे वामदेव गौतम र केपी ओलीबीच यस्तो भनाभन

नेकपा सचिवालय बैठकमा मन्त्री बनाउनेबारे वामदेव गौतम र केपी ओलीबीच यस्तो भनाभन

नेपालखबर
असोज ७, २०७७ बुधबार १:१९,

सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ। ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदै छ। विशेषतः प्रधानमन्त्रीको प्रस्तुतीकरणमा।

यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो।

ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन। त्यो कुरा प्रस्ट छ। अहिले पनि प्रस्ट भयो। त्यसैले उहाँसँग छलफल गर्नुपर्छ।’

अनि, वामदेव जंगिए, ‘तपाईंको कारणले म कति अपमानित भएँ, भनिसाध्ये छैन! तपाईंले मेरो कुरा सिरियस्ली लिँदै लिनुहुन्न। पहिला पनि चुनाव हराउनुभयो। हारेपछि छानबिन गर्नुभएन। राष्ट्रियसभामा लैजानुअघि चुनावको अत्तो थापेर छिर्के लगाउन खोज्नुभयो। लैजाने निर्णय भएपछि पनि लग्नुभएन। अहिले राष्ट्रियसभामा लगेपछि पनि आलोचना गरिरहनुभएको छ, जबकि डिफेन्ड गर्नुपर्ने हो।’

वामदेवले ‘मलाई मन्त्रीमा लगे पनि लग्नुस्, नलगे पनि नलग्नुस्’ भन्दै आफ्नो कुरा टुंग्याए।

मन्त्रिपरिषद् पुनर्गठन, पार्टीका आन्तरिक व्यवस्थापन हल गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनसहितका एजेण्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठकको दृश्य हो यो। यो खबर आजको जनआस्था साप्ताहिकमा छापिएको छ।

आइतबार पेरिसडाँडामा बैठक बसिरहँदा वामदेवसँगको भनाभनबाहेक प्रधानमन्त्रीको प्रस्तुतीकरण अरु दिनको भन्दा फरक रह्यो। उनी सहमतिबाट अगाडि बढ्न तत्पर रहेको भाव र भाषामा प्रस्तुत हुँदा अरु नेताले पनि बैठकमा सहजता अनुभूत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad