छापा खबर


एक इन्जिनियरको अकुत आर्जन: एक करोड वैध, १६ कराेड अवैध सम्पत्ति

एक इन्जिनियरको अकुत आर्जन: एक करोड वैध, १६ कराेड अवैध सम्पत्ति

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार २:३१,

भ्रष्टाचारको छानबिनबाट जोगिन एक अवकाशप्राप्त इन्जिनियरले आफन्तको खातामा १० करोड रुपैयाँभन्दा धेरै लुकाएको खुलेको छ।  

संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) काशीप्रसाद गुप्ताले यसरी अकुत सम्पत्ति लुकाएका हुन् । सम्पत्ति लुकाउन सहयोग गर्ने १२ जना आफन्तसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको समाचार आजको नयाँ पत्रिकाले छापेको छ।

उनले सरकारी सेवामा हुँदा  १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ रुपैयाँ अवैध रूपमा आर्जन गरेको आयोगको दाबी छ ।  सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको  अवधिमा उनको वैध आय एक करोड ११ लाख ६९ हजार नाै सय ६२ मात्र देखिएको छ । तर, उनीसँग १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ सम्पत्ति भेटिएको छ ।

उनले १० करोड ४४ लाख ४३ हजार सात सय तीन रुपैयाँ नाै पैसा विभिन्न आफन्तहरूको नाममा राखेको आयोगले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad