छापा खबर


वडाध्यक्षकी आमाले तीनवटा वडा कार्यालयबाट भत्ता लिँदै आएको खुलासा

वडाध्यक्षकी आमाले तीनवटा वडा कार्यालयबाट भत्ता लिँदै आएको खुलासा

नेपालखबर
भदौ २४, २०७७ बुधबार १:५०,

मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडा कार्यालयबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिँदै आएको खुलेको छ।

अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिँदा स्थानीयस्तरबाट चर्को विरोध भएको खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५/०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छानबिन समिति बनाउने तयारी गरिएको बताए।

वडा नं.३ बाट उनीहरु वडा नं. १ मा बसाईं सरेर गएका हुन्। तर, वडा नम्बर ७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ।

तीन ठाउँबाट भक्ता लिइएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते पठाइएको थियो। उक्त उजुरीबारे छानबिन अघि बढेको छ । उक्त उजुरी अख्तियारमा दर्ता नम्बर सी–४५२१ मा दर्ता भएको छ।

मनहरीका सचेत युवाको नाममा दिइएको उजुरीमा छानबिन गर्न माग गरिएको छ । युवाले उक्त कार्यमा खटिएका जनप्रतिनिधि र कर्मचारी सबैलाई कानुनी दायरमा ल्याएर जनतालाई सुशासनको अनुभूति दिलाउन माग गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले गाउँपालिकाका तर्फबाट गल्ती भएको र उक्त गल्ती सच्याइएको बताए। उनले यसअघि लिइएको रकम फिर्ता ल्याइसकिएको दाबी गरे।

गाउँपालिकाले बढी भुक्तानी भएको जानकारी गराएपछि बढी भुक्तानी भएको १६ हजार रुपियाँ पालिकाकै खातामा जम्मा गरिएको वडा कार्यालयले जनाएको छ।

तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको पाइएपछि बैंकले पालिकालाई खबर गरेको थियो। वडाध्यक्ष खनाल नेपाली कांग्रेसबाट बिजयी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad