घरभित्र उत्पादन हुने कुहिने फोहोरबाट घरभित्रै ग्यास र अर्गानिक मल उत्पादन गर्न इजरेली प्रविधि नेपाल भित्रिएको छ।
सहरी क्षेत्रमा फोहोर व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखापरिरहेका बेला नेपालमा पहिलोपटक वातावरणमैत्री मानिने इजरेली होम बायोग्यास प्रविधि नेपालमा भित्रिएको हो। यो खबर आजको कारोबारमा छापिएको छ।
तीन महिनाअघि क्लिन इनर्जी नेपालले ल्याएको सो प्रविधिबाट घरमा जम्मा भएको फोहोरबाट सहज तरिकाले ग्यास र अर्गानिक मल उत्पादन गर्न सकिने निर्देशक विपीन खेतानले जानकारी दिए।

प्रतिक्रिया