छापा खबर


निषेधाज्ञाले पनि किन घटेन काठमाडौं उपत्यकामा काेराेना संक्रमणदर, यस्तो छ विज्ञको तर्क

निषेधाज्ञाले पनि किन घटेन काठमाडौं उपत्यकामा काेराेना संक्रमणदर, यस्तो छ विज्ञको तर्क

नेपालखबर
भदौ १०, २०७७ बुधबार १:६,

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको निषेधाज्ञाको प्रभाव अझै एक हप्तापछि मात्रै देखापर्ने चिकित्सकले बताएका छन् ।

दुईदेखि १४ दिनको संक्रमण अवधि भएकाले ६ दिनलाई हेरेर निषेधाज्ञाले काम गरे–नगरेको यकिन गर्न नसकिने उनीहरूको भनाइ छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दरलाई थप फैलन नदिन निषेधाज्ञा जारी गरेको मंगलबार ६ दिन भएको छ । निषेधाज्ञा जारी भएको अघिल्लो दिनसम्म मानिसहरू सडक, बजारमा हिँडिरहेका थिए । त्यसपछि सबै घरमा बसेका छन् ।

निषेधाज्ञा जारी भएको ठीक एक दिनअघि ३ भदौलाई आधार बनाएर हेर्दा त्यसवेला संक्रमण भएमा १४ दिनसम्म देखिरहन सक्छ । त्यसैले अझै एक हप्ता कुर्नुपर्ने विज्ञहरूको भनाइ छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दुईदेखि १४ दिनभित्र यसको संक्रमण देखिने भनिए तापनि धेरैलाई पाँच दिनभित्र नै लक्षण देखिएको छ।

‘त्यसपछि बिस्तारै दैनिक संक्रमण कम हुँदै जान्छ,’ डा. पुन भन्छन्, ‘तर, कुनै व्यक्ति घर, परिवार, आफन्त र राज्यलाई नै झुक्याएर बाहिर हिँडडुल गरेको भए त्यो सोही दिनबाट १४ दिन गन्न सुरु हुन्छ । यस्तो अवस्थामा भने निषेधाज्ञा जारी गरेर पनि संक्रमण घट्दैन।’

पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन् । कुल संक्रमितमध्ये ६ प्रतिशतमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, उपत्यकामा भने २० प्रतिशत संक्रमितमा लक्षण देखिएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad