छापा खबर


ईश्वरले ओलीको मन जित्न सकेनन्, त्यसैले बुटवलबाट दौडेर काठमाडौं आइरहन्छन् शंकर

ईश्वरले ओलीको मन जित्न सकेनन्, त्यसैले बुटवलबाट दौडेर काठमाडौं आइरहन्छन् शंकर

नेपालखबर
भदौ ३, २०७७ बुधबार २:२९,

यता जब-जब प्रधानमन्त्री अप्ठेरोमा पर्छन्, उनका तर्फबाट केहीसँग वार्ता/छलफल गर्नु पर्यो भने त्यस्तो तार्किक र परपर्दो मान्छे काठमाडौंमा खासै छैनन्।

त्यसैगले प्रदेश ५ को मुख्यमन्त्री र पार्टी इन्चार्ज सम्हालेर बुटवलमा बस्दै आएका शंकर पोखरेल साँझ बिहान नभनी दौडिएर काठमाडौं ओर्लिने हतारोमा रहन्छन्।

आजको जनआस्था साप्ताहिकका अनुसार विश्वासिला भनिएका विष्णु पौडेल, महासचिव छन्, प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री। सल्लाहकार बनाइएका विष्णु रिमाल, राजन भट्टराईहरुबाट सबै नेताबीच सहमति जुट्न सम्भवन नुहने।

गुटमै भए पनि ईश्वर पोखरेल उति विश्वासिलो हुन सकेनन्।

यस्तो स्थितिमा प्रधानमन्त्रीसँग केही विकल्प छन् त छन्, तर ती विकल्पको प्रयोग कति सहज, कति जोखिमपूर्ण हुन्छ भनेर अहिलेसम्म ठम्याउन सकिएको छैन।

जस्तो कि, यदि प्रधानमन्त्रीले आवश्यकताबोध गरे भने प्रदेशको मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्म छोडेर शंकर ढुक्कैले काठमाडौं बस्नुपर्ने हुन्छ। तर, उता प्रदेशको जटिलता फरक छ।

फेरि पनि दाङमा चुनाव लड्न जानुपर्छ। शंकर मुख्यमन्त्री नभएर अरु कोही भएको भए प्रदेश राजधानीका रुपमा उहिल्यै बुटवल तोकिन्थ्यो। उनकै जोडबलले अहिलेसम्म बुटवल र दाङ आसपास भन्ने कुरा आएको छ।

फेरि प्रदेशको नाम पनि तोक्न सकिएको छैन। अहिले शंकरले मुख्यमन्त्री छाड्नासाथ प्रदेशको राजधानी दाङ नबन्ने कुरा सतप्रतिशत निश्चित र बुटवल हुने अवस्था छ।

यता प्रधानमन्त्रीसँग गतिलो सारथी नभइदिनु, उता प्रदेशमा दाङको इज्जत धानिदिने कोही नभइदिनु। थाहा छैन, प्रधानमन्त्रीले यस्तो स्थितिमा शंकरलाई के गर्नुहुन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad