छापा खबर


नेपालमा एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल

नेपालमा एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १:५७,

गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुविस्ता भएको छ।
गएको आर्थिक वर्षमा पूर्वाधार विकासले राम्ररी गति लिएको मन्त्रालयले जनाएको छ। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

वार्षिक समीक्षामा दिइएको जानकारी अनुसार ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर र सडक नियमित मर्मत सम्भार एक हजार ७१६ किलोमिटर गरिएको छ।

त्यसैगरी सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार तथा ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad