छापा खबर


विप्लवलाई वार्तामा ल्याउन नेकपामा दौडधुप

विप्लवलाई वार्तामा ल्याउन नेकपामा दौडधुप

नेपालखबर
साउन ३, २०७६ शुक्रबार २:१२,

सत्तारूढ दल नेकपाका नेताहरू नेत्रविक्रम चन्द समूहलाई वार्तामा ल्याउन दौडधुपमा लागेका छन् ।

सरकारले औपचारिक वार्ता टोली बनाउनभन्दा विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर छलफल थालेको चन्द समूहका एक स्थायी कमिटी सदस्यले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन्।

‘विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेतालाई वार्ताका लागि पठाएका छन्’ ती सदस्यले भने ।

वार्ताका लागि औपचारिक पत्र नपठाई अनौपचारिक रूपमा मात्र कुरा गर्न खोजेको विषयलाई चन्द समूहले प्रलोभनमा पार्ने सरकारको रणनीतिका रूपमा लिएको छ।

‘वार्ता गर्नेभन्दा नेतालाई प्रलोभन पार्ने काम भइरहेको छ, सत्तापक्षका साथीहरूले विभिन्न प्रलोभन देखाइरहेका छन्,’ ती स्थायी कमिटी सदस्यले भने, ‘वार्ताको कुरा गरेर गलाउने रणनीति जस्तो देखिन्छ।

नागरिक समाज, सञ्चारकर्मी, सर्वसाधारण र राजनीतिक दलले वार्ता बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएपछि चन्द समूहले सरकारले पत्र पठाए वार्ता बस्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले चन्द समूहलाई वार्ताका लागि पत्र पठाएको भनेर हल्ला मात्र गरेको उनको आरोप छ । ‘पहिले पनि सरकारले पत्र पठायौं भनेर हल्ला गर्‍यो, हामी वार्ताविरोधी जस्तो देखियौं,’ चन्द समूहका ती नेताले भने, ‘ठीक छ, अब वार्तामा बसौं भनेर निर्णय गरियो । सरकारचाहिँ पत्र नपठाउने, पद दिने प्रलोभन देखाउन लागेको छ।’

सरकारले औपचारिक रूपमा वार्तामा बोलाए त्यसका लागि कसरी जाने भन्ने सामान्य खाकासमेत चन्द समूहले बनाइसकेको ती नेताले जानकारी दिए ।

कसको नेतृत्वमा वार्ता टोली बनाइएको छ भन्नेचाहिँ उनले खुलाएनन् । ‘सरकारी पक्ष औपचारिक रूपमा आए मात्रै त्यो सार्वजनिक हुन्छ’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad