नारायणहिटीको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिले ३० वर्षका लागि लिजमा पाएको छ।
दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’मा रहेको एक रोपनी १४ आना जग्गाबाट नेपाल ट्रस्टले मासिक भाडा चार लाख १६ हजार ६ सय मात्रै पाउँछ।
पहिले राजपरिवारको नाममा रहेको गोकर्णको तीन हजार नौ सय ७१ रोपनी जग्गा अहिले नेपाल ट्रस्टको नाममा छ ।
तर, ७४ प्रतिशत जग्गा यती एयरलाइन्सकै भगिनी संस्था यती होल्डिङ प्रालि र एलएस सुवीर ब्रदर्स (नेपाल) प्रालिले लिएका छन्।
एक रोपनी जग्गाको वार्षिक ८ हजार ९ सय ५३ रुपैयाँका दरले ट्रस्टले भाडा लिँदै आएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा सन्तोष भट्टराईले लेखेका छन्।
तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको साढे २१ हजार रोपनी जग्गा र ती जग्गामा भएका संरचना नेपाल ट्रस्टको नाममा छन् ।
Shares

प्रतिक्रिया