ad ad

छापा खबर


नयाँ नक्सा साउनभित्रै संयुक्त राष्ट्र संघ, गुगल लगायतलाई पठाइने

नयाँ नक्सा साउनभित्रै संयुक्त राष्ट्र संघ, गुगल लगायतलाई पठाइने

नेपालखबर
साउन १७, २०७७ शनिबार ४:४,

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर अद्यावधिक गरेको नयाँ नक्सा भारतसहित सबै मित्रराष्ट्रलाई पठाउने भएको छ।

संघीय संसद्ले अनुमोदन गरेको नयाँ नक्सामा नेपाली भूभागको नाम अंग्रेजी भाषामा छपाएर सबै मित्रराष्ट्रलाई पठाउने तयारी भएको खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

साथै सरकारले अद्यावधिक नक्सा संयुक्त राष्ट्रसंघ, गुगललगायत अन्तर्राष्ट्रिय जगतलाई पठाउने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय जगतलाई पठाउन नापी विभागले अंग्रेजी भाषामा नक्सा छाप्ने प्रक्रिया सुरु गरेको छ।

‘कालपानी, लिपुलेक तथा लिम्यिाधुरासहितका भूभाग समेटी अद्यावधिक नयाँ नक्सा भारतलगायत सबै मित्रराष्ट्रलाई पठाउने भएका छौ,’ भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनिन्, ‘गुगल र संयुक्त राष्ट्रसंघलाई पनि अद्यावधिक नयाँ नक्सा पठाउनेछौं।’ नेपाली भाषामा तयार गरिएको नक्सालाई अंग्रेजी भाषामा रूपान्तरण गरिने मन्त्रालयले जनाएको हो।

साउनभित्रै अद्यावधिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई पठाउने तयारी भएको मन्त्री अर्यालले बताइन्।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले अंग्रेजी भाषामा करिब चार हजारप्रति नक्सा छाप्न प्रक्रिया सुरु भएको बताए। विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित नापनक्सा जाँच प्राविधिक उप समितिबाट अंग्रेजी भाषाबाट नयाँ नक्सा छाप्ने प्रक्रिया अघि बढाइएको ढकालले जानकारी गराए।

विभागले करिब २५ हजारप्रति नेपाली भाषामा नक्सा छापिसकेको छ। स्थानीय तह, प्रदेश तथा सरकारी कार्यालयमा विभागले निःशुल्क नक्सा पठाएको छ भने सर्वसाधारणबाट ५० रुपैयाँ लिएर नक्सा वितरण गर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .