ad ad

छापा खबर


चार महिनामा तीन सय शिक्षकले रोजगारी गुमाए

चार महिनामा तीन सय शिक्षकले रोजगारी गुमाए

नेपालखबर
साउन १४, २०७७ बुधबार १:१,

निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन्।

कोभिड-१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सञ्चालन गरेका विद्यालयबाट समेत शिक्षक निष्कासित गरिएको बताए।

इस्टुले देशैभरका निजी विद्यालयमा कार्यरत शिक्षकको अवस्थाबारे जानकारी लिने क्रममा करिब ३ सय शिक्षक निष्कासित भएको तथ्याङ्क संकलन गरेको हो । अध्यक्ष थापाका अनुसार सबैभन्दा बढी काठमाडौंमा शिक्षक निष्कासित भएका छन्।

काठमाडौमा २६ जना शिक्षक निष्कासित भएको जानकारी दिँदै यो संख्या अझै बढी हुन सक्ने उनको भनाई छ। त्यसैगरी ललितपुरमा २१, झापामा १०, मोरङमा ११, सुनसरीमा ९, सप्तरीमा १२, चितवनमा ६, बाँकेमा १७, सुर्खेतमा ४, लमजुङमा १० जना शिक्षक निष्कासित भएका छन्। इस्टुले निष्कासित शिक्षकलाई तत्काल काममा लगाउन विद्यालयलाई दबाब दिएको छ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयमा विद्यार्थी नै आउने कि नआउने अनिश्चित भइरहेको बेला केही दिनका लागि शिक्षकलाई बिदा दिनु ठूलो विषय नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .