ad ad

छापा खबर


नेपालमा पाटे बाघको संख्या दोब्बर हुँदै, कति छन् नेपालमा बाघ?

नेपालमा पाटे बाघको संख्या दोब्बर हुँदै, कति छन् नेपालमा बाघ?

नेपालखबर
साउन १४, २०७७ बुधबार ०:३६,

सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ।

पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो।

नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्ने खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

‘गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने।

त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे। यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए। सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ।

यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ।

सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो। नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो।

जसअनुसार नेपाल सबै मुलुकमध्ये लक्ष्य नजिक रहेको पहिलो मुलुक बन्ने दाबी बाघविज्ञ डा. चिरञ्जीवी पोखरेल गर्नुहुन्छ। उनका अनुसार पाटे बाघ पाइने १३ मुलुकमध्ये कतिपयमा बाघ संरक्षणको पहल नभएको पाइएको छ । नेपाल, भारत, बङ्गलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा हाल लक्ष्यउन्मुख छ।

चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनामलगायतका देशमा बाघको सङ्ख्या उभो लाग्न सकेको छैन।

विश्वमा कम्तीमा चार हजार पाटे बाघ रहेको अनुमान छ । हालसम्म भएका अध्ययन अनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ । पारिस्थितिक प्रणालीको मुख्य चर बाघ हो । यो रहे मात्र अन्य वन्यजन्तु रहने भएकाले पाटे बाघको वृद्धि जरुरी रहेको पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .