ad ad

छापा खबर


काेराेनाकाे लक्षणसहितका बिरामी देखिने थाले, सहरी क्षेत्र थप जोखिममा

काेराेनाकाे लक्षणसहितका बिरामी देखिने थाले, सहरी क्षेत्र थप जोखिममा

नेपालखबर
साउन १४, २०७७ बुधबार ०:२३,

सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ।

भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि सहर फर्किने क्रम सुरु भएको छ । यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत चुनौती बन्दै गएको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो।

यस्तै, काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन्। श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ । जसकारण जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन्।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले संक्रमणबाट बच्ने उपाय भनेकै व्यक्ति आफैं सतर्क रहनु रहेको बताए । उनले भने, ‘भौतिक दुरी कायम गर्नुपर्छ । कतै हिँड्दा मास्कको समुचित प्रयोग गर्नुपर्छ । जोगिने उत्तम उपाय भनेकै आफू सजग रहनु हो।’

पछिल्लो ११ दिनको अवधिमा नौ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत ३ साउनसम्म संक्रमितमध्ये ४० जनाको मृत्यु भएकामा मंगलबारसम्म मृतकको संख्या ४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ जना रहेको छ । हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा बस्दै आएका छन् । संक्रमितमध्ये हालसम्म १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .