यतिबेला नेपालको मित्रराष्ट्र भारत आफ्ना सबैजसो छिमेकीसँग द्वन्द्वरत छ। उसका अनेकन पेलाइप्रति छिमेकीहरुको सतर्कता पनि बढेको छ।
सन् १९४७ मा भारतबाट छुटेको पाकिस्तान र सन् १९६२ देखि कालापानीको तनाव झेल्दै आएको नेपाल, अनि चीनसँग सीमानाको विवाद छँदैछ। बंगलादेश, श्रीलंकासँग समुद्री भूभागका लफडा पनि उत्तिकै छ।
अचम्म त के छ भने, भारतको विदेश नीतिमा नेपाल पटकपटक जोडिन आउँछ। भर्खरै उसले नेपालको लागि राजदूतपछि दोस्रो वरियताको कूटनीतिज्ञसमेत परिवर्तन गरेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
उता विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव हेरफेर भएको छ। यससँगै नेपालका लागि पाकिस्तानले रणनीतिक तवरले राजदूत फेरेको छ।
उसले पठाउने राजदूत दिल्लीबाट आउन लागेका हुन्। अनि, दिल्लीबाट लखेटिएका राजदूत दर्जाका उच्चयुक्तलाई पाकिस्तानले चीन पठाउने भएको छ।
भारतीय विदेश मन्त्रालयको हेरफेर चाहीँ कस्तो छ भने, सन् २०१८ पछिको छोटो समय क्रोएसियाको निम्ति राजदूत रहिसकेका पश्चिम बंगालको कोलकाता निवासी अरिन्दम बागचीले अब नेपाल र भूटान मामिला हेर्नेछन्।
नर्थ डेस्क हेर्ने पियुषकुमार बहराइनका लागि राजदूत नियुक्त भएपछि त्यो ठाउँ खाली हुन लागेको हो।
Shares
प्रतिक्रिया