छापा खबर


यस्ताे सर्तमा रसुवागढी नाका पनि खुलाउने तयारी

यस्ताे सर्तमा रसुवागढी नाका पनि खुलाउने तयारी

नेपालखबर
असार २०, २०७७ शनिबार १:५८,

नेपाल–चीन व्यापार नाका रसुवागढी खुलाउने तयारी भएको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीका कारण रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालन हुने भएको हो।

गत साता बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति भएपछि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छन्।

रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भए पनि सोमबारबाट सामग्री आयात हुने जानकारी दिए। ‘बिहीबारदेखि सामग्री लोड हुन थालेको छ,’ उनले भने, ‘सोमबारदेखि सामग्री आयात हुने चिनियाँ पक्षले बताएका छन्।’

रसुवागढी नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन्। सुरुमा ट्रायलका लागि चिनियाँ चारवटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने खबर आजको गोरखापत्र दैनिकमा हेमनाथ खतिवडाले लेखेका छन्।

मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने छ। मितेरी पुलबाट चीनतर्फ भने जान पाइने छैन।

कोरोना भाइरस सङ्क्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो। चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad