छापा खबर


असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्ने तयारी

असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्ने तयारी

नेपालखबर
असार २०, २०७७ शनिबार १:३०,

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।

तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यातायात सञ्चालन गर्ने निर्णय गरिएको महासङ्घले जनाएको छ।

यातायात खुला गरेको तर सार्वजनिक सवारीसाधनलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको आरोप महासङ्घले लगाएको छ।

सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अलमलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ गाडी सञ्चालन गर्ने टुङ्गोमा पुगेको खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, ‘यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ।’

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन्। तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad