छापा खबर


सरकारी वेवास्ताले लकडाउन यता ४० सुत्केरीको मृत्यु, गर्भवती जोखिममा

सरकारी वेवास्ताले लकडाउन यता ४० सुत्केरीको मृत्यु, गर्भवती जोखिममा

नेपालखबर
असार ८, २०७७ सोमबार १:२१,

बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन्।

जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन्।

त्यसो त केही स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन्।

तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको खबर आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छन्।

स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ।
कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले गर्भवती तथा सुत्केरीका लागि नै भनेर छुट्टै व्यवस्थापन भने नगरेको बताइन्।

स्वास्थ्य सेवा विभागको परिवार महाशाखा अन्तर्गत मातृ तथा नवशिशु शाखा प्रमुख डा.पुण्य पौडेलले चैत ११ गतेदेखि अहिलेसम्म ४० जना सुत्केरीको निधन भएको बताइन्।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाका अनुसार बन्दाबन्दीमा देशभरबाट १७ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad