छापा खबर


लकडाउन खुकुलो बनाइँने, यस्ताे छ तयारी

लकडाउन खुकुलो बनाइँने, यस्ताे छ तयारी

नेपालखबर
जेठ २५, २०७७ आइतबार ०:१८,

बन्दाबन्दीकै अवस्थाबीच विकास निर्माण, अत्यावश्यकीय सेवा र बैंकिङ कारोबार केही खुकुलो बनाउने कार्ययोजना तयारीमा उच्चस्तरीय समन्वय समिति जुटेको छ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकमा बन्दाबन्दीबीच आर्थिक क्रियाकलाप, विकास निर्माण, उद्योग व्यवसाय र अत्यावश्यकीय सेवा केही खुकुलो बनाउने प्रस्तावबारे छलफल भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायण बिडारीका अनुसार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड, गृहमन्त्रालयद्वारा जारी सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सञ्चालन गर्नैपर्ने सेवाका विषयमा बैठकमा छलफल भएको छ।

बिडारीले भने, ‘बन्दाबन्दीबीच पनि सेवा सहज बनाउनेबारे पहिलो चरणमा छलफल भयो। चरणबद्ध रुपमा छलफलपछि बन्दाबन्दीको स्वरुपबारे छिट्टै निर्णय हुन्छ। बैंकिङ कारोबार, अत्यावश्यक सेवा, उपचार, प्रयोगशालालाई सहजता दिँदै अगाडि बढ्ने योजना छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad