छापा खबर


बिरामी भेन्टिलेटरमा, कुरुवा क्वारेन्टाइनमा, गाउँमा रहेका श्रीमती र छोराछोरी सूचना आतंकमा

बिरामी भेन्टिलेटरमा, कुरुवा क्वारेन्टाइनमा, गाउँमा रहेका श्रीमती र छोराछोरी सूचना आतंकमा

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ०:५,

कोरोना संक्रमणले २३ जनवरी (९ माघ) मा चीनको वुहान लकडाउन भएपछि संक्रमण रोक्न विश्वभर तयारी सुरु भएको चार महिना भएको छ ।

१८ फागुनमा नेपाल सरकारले कोरोना रोकथाम र उपचारका लागि उच्चस्तरीय समिति गठन गरेर बैठकमाथि बैठक गरिरहेको छ।

त्यति मात्र होइन, कोरोना संक्रमण देखिएपछि ११ चैतदेखि नेपाल पनि लकडाउनमा छ । तर, वुहानको ‘आउटब्रेक’यताका एक सय १७ दिन र नेपाल लकडाउनयताका ५८ दिनसम्म नेपालमा कस्तो तयारी भयो?

बुटवलमा उपचार गराइरहेका गुल्मीका बिरामीको कथाले हाम्रो तयारीको ऐना स्पष्ट पार्ने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बिरामी भेन्टिलेटरमा छन्, उनको हेरचाह गर्न आएका भाइ क्वारेन्टाइनमा राखिएका छन् । श्रीमती र छोराछोरीलाई फेसबुकका समाचारले सताइरहेका छन् ।

तर, उपचार र बिरामीको अवस्थाबारे न अस्पताल बोल्छ, न सरकार । यही कारुणिक अवस्था नै अहिलेको हाम्रो वास्तविकता हो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad